Logo

बहराईनसंगको मैत्रीपुर्ण खेल खेल्न नेपाली यु–१९ महिला टोली भोली त्यसतर्फ जाने

ई-खेलकुद २०७६ मंसीर २६ , बिहीबार ०८:१२ मा प्रकाशित

काठमाण्डौ । बहराईनसंग २ वटा मैत्रीपुर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिम भोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ । सरु लिम्बु कमानीको २८ सदस्यीय टोली भोली बिहान बहराईन जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
टोलीलाई एन्फाले एक कार्यक्रमका बिच आज बिदाई गरेको छ । नेपालले शनिबार घरेलु टोलीसंग पहिलो मैत्रीपुर्ण खेल खेल्नेछ । त्यस्तै नेपाली टोलीले सोमबार दोस्रो मैत्रीपुर्ण खेल खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?