
काठमाण्डौ । बहराईन भ्रमणमा रहेको नेपाली अण्डर १९ महिला फुटबल टिमले पहिलो खेलमा जित हात पारेको छ । बहराईनमा गएराती भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले ४–२ को जित निकालेको हो । सरु लिम्बुको कमानीमा रहेको नेपाली टोलीले बहराईन भ्रमण जितबाट सुरुवात गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले घरेलु टोलीसंग थप २ मैत्रीपुर्ण खेल खेल्नेछ ।
