
काठमाण्डौ । ईरानमा जारी एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटको दोस्रो खेलमा नेपालले अहिले आयोजक ईरानसंग प्रतिस्पर्धा गरिरहेको छ । तेहरानस्थित पार रंगशालामा खेलको पहिलो हाफ सकिदा दुबै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा बल पोजिशनमा पकड बनाएको आयोजक ईरानले अधिकांश समय नेपालमाथी दबाव बनाएपनि नेपालको रक्षापक्तिले हरेक प्रयासलाई असफल बनाएको छ । रक्षात्मक खेललाई जोड दिएको नेपालले बलियो टोलीलाई पहिलो हाफमा रोक्न सफल भएपनि बिपक्षी पोष्टमा आक्रमणको अवसर भने बनाउन सकेको छैन । छनोटको संभावना कायम राख्न नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाव रहेको छ ।
