Logo

बलिङ नचल्दा बंगलादेशसंग नेपालको अप्रत्यासी हार, दोस्रो जितसंगै बंगलादेश सेमिफाइनलमा

ई-खेलकुद २०७६ भदौ २२ , आईतबार ०५:०९ मा प्रकाशित

काठमाण्डौ । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको खेलमा नेपाल, बलियो टोली बंगलादेशसंग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ६२ रनको चुनौती बंगलादेशले ४ बल अगावै ४ विकेट गुमाएर भेट्टायो । कप्तान अकबर अलीले पाँचौ विकेटका लागि साईमन हुसैनसंग अबिजित १ सय ३० रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए । अली ९८ रनमा नटआउट रहदा हुसैनले अबिजित ४२ रनको योगदान गरे ।
ताहिद हृदोएले ६० र मामुदुल हसन रोएले ४० रन बनाए । नेपालका कमलसिंह ऐरीले २ तथा रासिद खान र हरी बहादुर चौहानले एक एक विकेट हात पारे ।
यसअघि कोलम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । पवन सर्राफले ८१ रन बनाएको नेपालको ईनिङसमा सन्दिप झोराले ५६ , रित गौतमले ३२ र कुशल मल्लले २८ रन बनाए । भीम सार्कीले २१ रन जोडे । कप्तान रोहित कुमार पौडेलले १४ र आसिफ शेख ३ रन बनाएर पभेलियन फर्किए । बंगलादेशका महमम्द साहिन अलोम र तान्जीम हसनले समान २ तथा राकिबुल हसन, मिन्हुजुर रहमान, महम्मद मिथुन्जोए, र ताहिद हृदोएले समान एक विकेट लिए ।
लगातार दोस्रो जित निकाल्दै बंगलादेश एक खेल अगावै सेमिफाइनलमा प्रबेश गरेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?