
काठमाडौं । अष्ट्रेलियन बिग बास लिग क्रिकेटमा होबर्ट हुरिकेन्सले चौथो जित निकालेको छ । सातौ चरणको खेलमा मेलबर्न रेनेगार्डसलाई ८५ रनले हराउँदै होबर्ट तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।
जितका लागि २ सय ७ रनको बिशाल लक्ष्य पछ्याएको मेलबर्न १५ दशमलव ५ ओभरमा १ सय २१ रनमा समेटियो । साम हारपरले ५७ र जेकी फ्रासेरले २१ रन बनाएको उसके ईनिङसमा न्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । होबर्टका सन्दिप लामिछाने र टम रोजर्सले समान ३ तथा रिले मेरिडिथ र मार्ट सोर्टले समान एक विकेट लिए । मेलबर्नमा २ ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि पहिले व्याटिङ गरेको होबर्टले बेन म्याकडोरमेटको शतक मद्दतमा २ सय ६ रनको उच्च योगफल तयार पारेको थियो । उनले १ सय २७ रनको योगदान गरे । टिम डेभिडले ३० र पिटर्स हेन्डसकम्बले २४ रन बनाए । मेलबर्नका रेस टोप्लेले २ विकेट लिए । ७ खेलबाट १७ अंक जोड्दै होबर्ट तालिकाको तेस्रो स्थानमा पुगेको हो ।
