Logo

बलिङमा सन्दिप चम्किएपछि पिएनजीविरुद्ध नेपालको शानदार जित

ई-खेलकुद २०७८ भदौ २५ , शुक्रबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । पपुवा न्यु गिनी पिएनजीविरुद्दको मैत्रीपुर्ण वन डे सिरिज नेपालले क्लिन स्वीप गरेको छ । आज भएको दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो जित निकाल्दै नेपालले २ म्याचको सिरिज क्लिनस्वीप गरेको हो । नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजी १९ दशमलव १ ओभरमा मात्र ८२ रनमा समेटियो ।
करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा लेगस्पिनर सन्दिप लामिछानेले ६ विकेट लिएपछि विश्वकपका लागि छनोट भईसकेको पिएनजी झिनो स्कोरमा समेटिएको हो । ५ दशमलव १ ओभर बलिङ गरेका सन्दिपले ११ रन खर्चिएर ६ विकेट हात पारेका हुन् । सोमपाल कामी, बिक्रम शोव र शुसन भारीले समान एक विकेट लिए । पिएनजीका एक व्याट्सम्यान रनआउट भए । टोनी उराले सर्बाधिक १९ रन बनाएको पिएनजीको ईनिङसमा कार्लेस अमिनीले १६ र नोरमान भानुआले १२ रन बनाए ।
यसअघि ओमानको अल एमिरातस्थित टर्फ वानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपाल ४ बल अगावै २ सय ३३ रनमा समेटिएको थियो ।
कमजोर सुरुवात गरेको नेपालको ईनिङस मध्यक्रमका व्याट्सम्यानले उकासेका थिए । रोहित कुमार पौडेलले ८६ रन बनाएको ईनिङसमा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो अर्धशतक हो । करण केसीले ४२ र सोमपाल कामीले ११ रन जोडे । बिष्फोटक व्याटिङ गरेका करणले २५ बल खेल्दै ४ छक्का र २ चौकाको मद्दतमा ४२ रन बनाएका हुन् । बिनोद भण्डारीले १७ रन जोडे ।
पिएनजीका चाड सोपरले ३ तथा नोरमान भानुआ र काबुआ मोरेयाले समान २ विकेट लिए । कार्लेस अमिनीले एक विकेट लिए । बिनोद र सन्दिप लामिछाने रनआउट भएका थिए ।
यसअघि भएको पहिलो खेलमा नेपालले २ विकेटको संर्घषपुर्ण जित निकालेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?