Logo

बलिङमा करण, सन्दिप र शरद चम्कदा ओमान १ सय २१ रनमा अलआउट !

ई-खेलकुद २०७८ असोज ३ , आईतबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा ओमानले नेपालसामु १ सय २२ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा पहिले व्याटिङमा उत्रिएको ओमान ३७ दशमलव १ ओभरमा १ सय २१ रनमा अलआउट भएको हो ।
लेगस्पिनर सन्दिप लामिछाने र करण केसी चम्किएपछि ओमान सामान्य स्कोरमा समेटिएको हो । सन्दिप र करणले समान ४ विकेट लिए । शरद भेषावकरको नाममा २ विकेट रह्यो ।
कप्तान जेस्हान मक्सुदले सर्बाधिक ४१ रन बनाएको ओमानको ईनिङसमा जतिन्दर सिंहले १३ रन बनाए । नासिम खुशीले १२ र केलेउल्लाहले अविजित ११ रन जोडे । ओमानका अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
लिग टुमा भएको तीनै भेटमा नेपाललाई हराएको ओमान चौथो खेलमा भने झिनो स्कोरमा सकेटिएको हो । ओमान र अमेरिकासंगको सिरिजमा नेपालको यो अन्तिम खेल हो । यसअघिका तीनमध्ये नेपालले १ खेलमा जित निकालेको थियो भने २ खेलमा हार भोगेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?