Logo

बलर चुटिदा कर्नाटका टस्कर्सको दोस्रो हार, सन्दिपको खर्चिलो बलिङ

ई-खेलकुद २०७६ मंसीर २ , सोमबार ०७:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध कर्नाटका टस्कर्सले दोस्रो हार भोगेको छ । आज भएको खेलमा सन्दिपको टोली डेकन ग्लाडीएटर्ससंग ५ विकेटले पराजित भएको हो । कर्नाटकाले दिएको १ सय ११ रनको चुनौती ग्लाडीएटर्सले ९ बल अगावै ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा किरन पोलार्डले सर्बाधिक ४५ रन बनाए । भानुका राजापाक्षेले २७ रनको योगदान गरे ।
क्र्नाटकाका सापुर जर्दानले २ विकेट लिए । ग्लाडीएटर्सबिरुद्ध पहिलो ओभरमा मात्र ५ रन खर्चिएका सन्दिपले दोस्रो ओभरमा ३० रन खर्चिए । उनको दोस्रो ओभरमा किरन पोलार्डले ४ छक्का, एक चौका र २ रन गरी ३० रन प्रहार गरेका थिए ।
यसअघि आबुदावीमा टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले ३ विकेट गुमाएर १ सय १० रनको योगफल तयार पारेको थियो । उसको जितमा जोनसन चार्ल्सले सर्वाधिक ३५ रन बनाए । हसिम अम्लाले ३२, एभिन लुइसले २३ र रोस व्हाइट्लीले १३ रनको योगदान दिए ।
ग्लाडीयटर्सका जाहिर खान, फवाद अहमेद र मिगेल प्रेटोरिएसले समान १ विकेट लिए । यो हारसंगै कर्नाटकाको अघिल्लो चरण प्रबेशको संभावना न्युन बनेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?