
काठमाण्डौ । सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत नेपाल र सिंगापुरबिचको खेल रद्द भएको छ । सिंगापुरस्थित ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा हुने तय भएको खेल भारी बर्षाका कारण टस पनि हुन नसकि स्थगीत भएको हो ।
खेल रद्द भएपछि दुबै टोलीलाई एक एक अंक प्रदान गरिएको छ । यो बराबरीले सिंगापुरलाई फाईदा भएको छ । भोली हुने अन्तिम खेलमा जिम्बावेलाई हराए सिंगापुरले उपाधि जित्नेछ । सिंगापुरको हारले जिम्बावेको उपाधि निश्चित बन्ने छ । नेपालले आफुले खेलेका ३ मध्ये जिम्बावेसंगका दुबै खेल गुमाएको थियो भने सिंगापुरलाई फराकिलो अन्तरले हराएको थियो ।
सिंगापुर भ्रमणपछि नेपाली टोली ओमानले आयोजना गरेको टि–२० सिरिज खेल्न उतैबाट मस्कट जानेछ ।
