Logo

बर्षाका कारण बेलबारी गोल्डकप फुटबलको फाइनल खेल स्थगीत, मंगलबार खेलाईने

ई-खेलकुद २०७६ असोज ११ , शनिबार ०२:०९ मा प्रकाशित

मोरङ । बेलवारीमा जारी तेस्रो संस्करणको लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल स्थगीत भएको छ । उपाधिका लागि आज रोयल क्लब सिलिगुढि भारत र धरान एफसी सुनसरीबिच प्रतिस्पर्धा हुने पुर्ब निर्धारित तालिका थियो । लक्ष्मीमार्गस्थित स्थानिय बिद्यालयको खेल मैदानमा पानी जमेकाले खेल गर्न असंभव रहेको आयोजकले जनाएको छ । फाइनल खेल मंगलबारका लागि सारिएको आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।
प्रतियोगितामा १ विदेशी सहित ८ टोली सहभागी छन् । गोल्डकपको उपाधि विजेताले ५ लाख रुपैया हात पार्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?