
पोखरा । मौसममा आएको परिवर्तन र बर्षाका कारण पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको उद्घाटन एक दिन पछि सरेको छ । आज हुने तय भएको उद्घाटन भोलीका लागि सारिएको आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीले जनाएको छ । उद्घाटन खेलमा भोली डिफेण्डिङ च्याम्पियन पोखरा पल्टन र काठमाडौं गोल्डेनबिच खेल हुनेछ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफि भने हिजो नै सार्बजनिक गरिएको थियो । पीपीएलको उपाधि विजेताले २७ र उपविजेताले १० लाख रुपैया हात पार्नेछन् । पुस १२ सम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ ।
