
काठमाण्डौ । बर्षाका कारण त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत नेपाल र सिंगापुरबिचको खेल प्रभावित भएको छ । सिंगापुरको ईण्डियन एसोसिएसन क्रिकेट मैदानमा नेपाली समयानुसार सवा ५ बजे सुरु हुने खेल बर्षाका कारण प्रभावित भएको हो । निर्धारित समयमा टस पनि हुन सकेको छैन् । खेल सुरु हुनुभन्दा केहि समयअघिबाट बर्षा सुरु भएपछि खेल प्रभावित बनेको हो ।
नेपाली टोली आज पनि सिंगापुरबिरुद्ध जितको श्रृखला जारी राख्ने योजनामा छ । घरेलु टोली भने अघिल्लो हारको बदला लिदै सिजिमा दोस्रँे जितको खोजीमा छ ।
सिंगापुर भ्रमणपछि नेपाली टोली ओमानले आयोजना गरेको टि–२० सिरिज खेल्न उतैबाट मस्कट जानेछ ।
