Logo

बर्नमाउथ विजयी, आर्सनल बराबरीमा रोकियो

ई-खेलकुद २०७६ भदौ ३० , सोमबार ०७:०९ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा बर्नमाउथ बिजयी भएको छ । गएरातीको खेलमा एभर्टनलाई ३–१ गोल अन्तरले हराउदै बर्नमाउथ तालिकाको आठौ स्थानमा उक्लिएको छ । सिजनको दोस्रो जित निकाल्ने क्रममा कालुम विल्सनले २ तथा रायन फ्रासरले १ गोल गरे । पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा २ गोल गर्दै बर्नमाउथले जित हात पारेको हो ।
५ खेलबाट ७ अंक जोडेको बर्नमाउथले समान अंक भएका ४ टोलीलाई पछि पारेको हो । गएराती नै आर्सनल वाटफोर्टसंग २–२ को बराबरीमा रोकिएको छ । पेरी एमेरिक आबुमियाङले पहिलो हाफमै टोलीलाई २–० को अवस्थामा पुर्याएपनि दोस्रो हाफमा वाटफोर्टले २ गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । यो बराबरीले तेस्रो स्थानमा उक्लने आर्सनलको लक्ष्यमा ठुलो धक्का लागेको छ । ५ खेलबाट ८ अंक जोडेको आर्सनल तालिकाको सातौ स्थानमा छ । समान खेलबाट २ अंक जोडेको वाटफोर्ट तालिकाको पुछारमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?