Logo

बर्नमाउथ प्रिमियर लिगको शीर्ष तीनमा

ई-खेलकुद २०७६ असोज ४ , शनिबार ०९:०९ मा प्रकाशित

एजेन्सी । बर्नमाउथ ईङलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा गएराती साउथ हेम्प्टनलाई ३–१ ले हराउदै बर्नमाउथ तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । ६ खेलबाट १० अंक जोडेको बर्नमाउथले दोस्रो स्थानको म्यानचेष्टर सिटिसंग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि परेको हो ।
पहिलो हाफमा २–० को अग्रता बनाएको बर्नमाउथले दोस्रो हाफमा १ गोल थप्दै १ गोल खाएको थियो । उसको जितमा नाथन एकी, हेरी विल्सन र कलुम विल्सनले एक एक गोल गरे ।
प्रिमियर लिग फुटबलमा आज बिभिन्न ५ खेल हुनेछन् । आज लेष्टर सिटि र टटनह्याम, बर्नली र नर्विच, एभर्टन र सिफिल्ड युनाईटेड, म्यानचेष्टर सिटि र वाटफोर्ट तथा न्यु क्यासल युनाईटेड र ब्राईटन एण्ड होभ एल्बियनबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?