Logo

बन्द प्रशिक्षणमा १६ क्रिकेटर सहभागी

ई-खेलकुद २०७८ पुस १८ , आईतबार ०४:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा १६ क्रिकेटर सहभागी भएका छन् । आसन्न टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल क्रिकेट संघले बोलाएका ३० मध्ये १६ क्रिकेटर बन्द प्रशिक्षणमा बसेका हुन् । १४ खेलाडी भने सम्पर्कबाहिर रहेको क्यानले जनाएको छ । पहिलो दिन आज सामान्य अन्तक्रिया र फिटनेसको प्रशिक्षण भएको छ । भोलीबाट भने नियमित प्रशिक्षण सुरु हुने क्यानका क्रिकेट म्यानेजर बिनोद दासले बताए ।
क्यानले ४ खेलाडीमाथी अनुशासनको कारबाही गरेपछि बिभाजित भएका क्रिकेटर टोलीको आन्तरिक प्रशिक्षणमा समेत अनुपस्थित भएका हुन् । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सामपाल कामी र कमलसिंह ऐरीलाई क्यानले कारबाही गरेपछि क्रिकेटरहरु २ ध्रुबमा बिभाजित भएका हुन् । मल्लको स्थानमा टोलीको कप्तानीको जिम्मा सन्दिप लामिछानेले पाएका छन् । क्यानले मल्ल र दीपेन्द्रसहितका चार खेलाडीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो । कारबाहीमा परेका खेलाडीहरुले कारबाही फिर्ताको लागि माग गर्दै आईरहेका छन् ।
पहिलो दिनको प्रशिक्षणमा करण केसी, कुशल भुर्तेल,विनोद भण्डारी, रोहित कुमार पौडेल, बिक्रम शोब, सुशन भारी, अविनाश बोहोरा, सन्दीप जोरा, कुशल मल्ल र नन्दन यादव अनुपस्थित भएको क्यानका एक अधिकारीले जानकारी दिए । क्यानले उपलब्ध खेलाडीलाई नै राखेर भोलीबाट मैदानमै अभ्यास सुरु गर्ने जनाएको छ । अझै केहि खेलाडी राजधानी बाहिर रहेको र आज साझँसम्म सम्पर्कमा आउने क्यानको भनाई छ । उनीहरुलाई पनि समेटेर टोलीको प्रशिक्षण सुरु हुनेछ । राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्म्ेबारी पाएर नेपाल आईसकेका पुबुदु दाशानायकेले टोलीको प्रशिक्षण सुरु गर्नेछन् । कप्तान लामिछाने भने बिग बास लिग खेल्न अष्ट्रेलियामा रहेकाले उनी तत्कालको प्रशिक्षणमा सहभागी हुने छैनन् । यद्यपी केहि दिनपछि उनी नेपाल फर्कने तयारी भइरहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?