
काठमाण्डौ । साग खेलकुद अन्तर्गत बक्सिङको स्पर्धामा नेपालले स्वर्ण पदक हात पारेको छ । ललितपुरको सातदोबाटोमा आज भएको महिला ४३ केजी तौल समुहको स्पर्धामा नेपालकी मिनु गुरुङले स्वर्ण जितेकी हुन् ।
उनले भारतीय प्रतिद्धन्दीलाई हराउदै नेपाललाई स्वर्ण दिलाईन् । मिनुको पदकसंगै नवौ दिनको खेल जारी रहदा नेपालले ४६ स्वर्ण हात पारेको छ ।
