Logo

बंगलादेश समुह विजेता बन्दा भारत उपविजेता, नेपाल बाहिरियो

ई-खेलकुद २०७६ मंसीर २ , सोमबार ०५:११ मा प्रकाशित

एजेन्सी । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटको सेमिफाइनल समिकरण पुरा भएको छ । आज भएका खेलसंगै प्रतियोगीताको सेमिफाइनल समिकरणले पुर्णता पाएको हो । समुह ए अन्तर्गत अन्तिमचरणको खेलमा बंगलादेशले नेपाललाई तथा भारतले हङकङलाई हराउदै सेमिफाइनल यात्रा तय गरेका हुन् । शत प्रतिशत नतिजासंगै बंगलादेश समुह विजेता बन्दा २ खेलमा विजयी भएको भारत उपविजेता बन्यो ।
समुह बीबाट पाकिस्तान समुह विजेता र अफगानिस्तान उपविजेता बने । तीनै खेलमा जित हात पारेको पाकिस्तानले ६ अंक जोड्यो । २ जितसंगै ४ अंक जोडेको अफगानिस्तान उपविजेताका रुपमा अन्तिम चारमा पुगे ।
सेमिफाइनलमा भारत र पाकिस्तान तथा बंगलादेश र अफगानिस्तान आमने सामने हुनेछन् । श्रीलंका, ओमान, नेपाल र हङकङ भने समुहचरणबाटै बाहिरिएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?