
एजेन्सी । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले आयोजक बंगलादेशसामु फराकिलो हार भोगेको छ । ढाकामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोलीसंग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । नजमोल हुसेनले अविजित ५९ र मोहमद नाइमले ४५ रन बनाएपछि बंगलादेशले सहज रुपमा लक्ष्य भेटेको हो । यासिर अली १८ रनमा अबिजित रहे । नेपालका सुशन भारी र करण केसीले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४४ दशमलव ३ ओभरमा १ सय ३८ रनमा समेटिएको थियो । सोमपाल कामीले सर्वाधिक ३८ रन बनाएको ईनिङसमा कप्तान ज्ञानेन्द्र मल्लले २२, करण केसीले १८, आरिफ शेखले ११ र कुशल भुर्तेलले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । बंगलादेशका मिन्हाजुल अफ्रिदी र सुमोन खानले समान ३ तथा तान्भिर इस्लामले २ विकेट हात पारे । मेहेदी हसनको नाममा १ विकेट रह्यो ।
यो जितसंगै बंगलादेश शत प्रतिशत नतिजासंगै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल पुग्ने नेपालको संभावना गणीतिय रुपमा मात्र बाँकि छ ।
