Logo

बंगलादेशविरुद्दको सिरिज एक खेल अगावै पाकिस्तानलाई

ई-खेलकुद २०७८ मंसीर ४ , शनिबार ०५:११ मा प्रकाशित

एजेन्सी । बंगलादेशविरुद्दको टी–२० सिरिज एक खेल अगावै पाकिस्तानले आफ्नो पक्षमा पारेको छ । दोस्रो खेलमा घरेलु टोली बंगलादेशलाई ८ विकेटले हराउदै पाकिस्तानले ३ म्याचको सिरिजमा २–० को अग्रतासँगै सिरिज कब्जा गरेको हो ।

बंगलादेशले दिएको १ सय ९ रनको सामान्य लक्ष्य पाकिस्तानले १८ दशमलव १ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा फाकर जमानले अबिजित ५६ रनको योगदान गरे । महम्मद रिजवानले ३९ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमान र अमिनुल ईस्लामले समान एक विकेट हात पारे ।
यसअघि ढाकास्थित शेर बंगला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर व्याटिङमा उत्रिएको घरेलु टोली बंगलादेशले ७ विकेट गुमाएर १ सय ८ रनको सामान्य योगफल तयार पारेको थियो । नाजमुल हुसैनले सर्बाधिक ४० रन बनाएको बंगलादेशको ईनिङसमा आफिफ हुसैनले २० र कप्तान मामुदुल्लाहले १२ रन बनाए । नुरुल हसनले ११ रन जोडे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदी र सदाव खानले समान २ विकेट लिए । महम्मद वासिम,ह्यारीस रौफ र महम्मद नवाजले समान एक विकेट हात पारे । यी दुई राष्ट्रबिचको तेस्रो तथा अन्तिम टी–२० सोमबार हुनेछ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?