Logo

बंगलादेशले जित्यो पुरुष क्रिकेटको स्वर्ण, फाईनलमा श्रीलंका ७ विकेटले पराजित

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । साग पुरुष क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ । आज भएको फाइनलमा श्रीलंकालाई ७ विकेटले हराउदै बंगलादेशले उपाधि हात पारेको हो । योसंगै उसले समुहचरणमा भोगेको हारको बदला समेत लिएको छ ।
श्रीलंकाले दिएको १ सय २३ रनको सामान्य चुनौती बंगलादेशले ११ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा कप्तान नाजमुल हुसेन सान्टोले अबिजित ३५ र सैफ हसनले ३३ रनको योगदान गरे । सौम्य सरकारले २७ र यासिर अलीले १९ रन बनाए ।
श्रीलंकाका कामिन्दु मेण्डिस र साचिन्दु कोलोम्बेजले समान एक विकेट लिए ।
इसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा श्रीलंकाले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय २२ रनको सामान्य योगफल तयार पारेको थियो । सामु एस्हानले सर्बाधिक २५ रन बनाएको श्रीलंकाको ईनिङसमा पाथुम निशंकाले २२ रन बनाए ।
बंगलादेशका हसन महम्मदले ३ तथा तानभीर ईस्लामले २ विकेट लिए । ५ राष्ट्र सहभागी पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई हराउदै कास्य जितेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?