Logo

बंगलादेशलाई हराउदै नेपाल फाईनलमा, स्वर्णका लागि भुटानसंग खेल्ने

ई-खेलकुद २०७६ मंसीर २२ , आईतबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । नेपाली पुरुष फुटबल टोली १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रबेश गरेको छ । दशरथ रंगशालामा आज भएको समुहचरणको अन्तिम खेलमा बंगलादेशसलाई १–० ले हराउदै नेपालले भुटानसंगको उपाधि भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन खेलको ११ औ मिनेटमा सुनिल बलले गरेको गोल निर्णायक बन्यो । उनले कप्तान सुजल श्रेष्ठको क्रसमा बललाई जालि चुमाएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले गोल फर्काउने निक्कै राम्रा अवसर पाएपनि सदुपयोग भने गर्न सकेन् । दोस्रो हाफमा नेपालले पनि थप गोल गर्ने केहि अवसर पाएको थियो । तर त्यसमा सफल हुन नसकेपछि सोहि नतिजा निर्णायक बन्यो ।
नेपालले पुरुष फुटबलको स्वर्णका लागि मंगलबार भुटानसंग खेल्नेछ । यसअघि समुहचरणमा भएको भेटमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले हराएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?