Logo

बंगलादेशबिरुद्ध पहिलो हाफमा नेपाललाई १–० को अग्रता

ई-खेलकुद २०७६ मंसीर २२ , आईतबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको समुहचरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा भईरहेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता बनाएको छ । खेलको ११ औ मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । सुजल श्रेष्ठको क्रसमा सुनिलले बललाई जालि चुमाएका थिए ।
फाईनल प्रबेशका लागि नेपाललाई बराबरको नतिजा पर्याप्त हुनेछ भने बंगलादेशलाई भने जित्नै पर्ने दबाव रहेको छ । विजेताले फाईनलमा भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?