Logo

फ्रान्समा लिग वान र टु को नयाँ सिजन अगष्टबाट गर्ने तयारी

ई-खेलकुद २०७७ वैशाख २० , शनिबार ०९:०५ मा प्रकाशित

एजेन्सी । फ्रान्सको शीर्ष डिभिजन लिग फुटबलको नयाँ सिजन आगामी अगष्टबाट सुरु हुने भएको छ । फ्रेन्च प्रोफेसनल फुटबल लिग (एलईएफ) ले सन् २०२०–२१ को लिग वान र लिग टु आगामी अगस्टबाट सुरु गर्ने योजना बनाएको हो । एलईएफले मध्य अगस्टबाट शीर्ष डिभिजनको खेल सुरु गर्ने तयारी गरेको छ ।
उसले यसैसाता जारी सिजनको लिग रद्द गरी पेरिस सेन्ट जर्मेन पिएसजीलाई विजेता घोषणा गरेको थियो । सरकारले सबै खेलकुदमा अगस्टसम्मका लागि घोषणा गरेको प्रतिबन्ध सकिएलगत्तै शीर्ष लिग सुरु गर्ने एलईएफले जनाएको छ । एलईएफले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘निर्देशकहरूको बोर्डले लिग वान र लिग टुको नयाँ सिजन अगस्ट २२ वा २३, २०२० बाट सुरु गर्ने योजना बनाएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै हामी मध्य अगस्टबाट लिग सुरु गर्ने प्रयासमा छौ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?