Logo

फेरिएको हङकङसंग नेपालको वास्तविक परिक्षा……….!

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले भोली हङकङसंग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित साभर क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने ९ बजे नेपाल र हङकङबिचको प्रतिस्पर्धा सुरु हुनेछ । सेमिफाईनल प्रबेशको संभावना कायम राख्न नेपाल र हङकङ दुबैलाई भोलीको खेलमा जित्नै पर्ने दबाव छ । पहिलो खेलमा नेपाल ईण्डिया र हङकङ आयोजक बंगलादेशसंग पराजित भएका थिए । अन्तिम खेलमा नेपालले आयोजक र हङकङले ईण्डियासंग खेल्न बाँकि छ । यस्तोमा दुबै टोली केहि दबावमा रहेका छन् ।

खस्कदो अवस्थामा रहेको नेपाललाई फेरिएको हङकङको चुनौती कठिन बन्न सक्छ । तर अनुभवका हिसाबले नेपाल केहि माथी रहेकाले सकारात्मक नतिजा निकाल्ने आशा गर्न सकिन्छ । मुख्य खेलाडीहरु आईसीसीको प्रतिबद्धमा परेपछि हङकङको टोलीमा ब्यापक परिवर्तन गरिएको छ । किन्चीत शाह, अजिज खान र हारोन अर्सद जस्ता खेलाडीको साथले हङकङको सेट बलियो देखिएको छ ।

भर्खरै युएईमा भएको टी–२० विश्वकपको ग्लोबल छनोटमा पनि उत्कृष्ट प्रर्दशन गरेका यी खेलाडीहरुको प्रर्दशन नेपालबिरुद्ध उसको मुख्य हतियार हो । भरपर्दा खेलाडीद्धय पारस खड्का र सन्दिप लामिछानेको अभाव मात्र होईन सुरुवात देखीनै असन्तुलीत बनेको ब्याटिङ फर्मले नेपाललाई निक्कै सताएको छ । तथापी पछिल्लो क्रमसम्मै आशा गर्न सकिने ब्याटिङलाई नेपालले आफ्नो सबल पक्ष मानेको छ । हङकङबिरुद्धका हरेक खेलमा अलौकिक प्रर्दशन गर्दै आएका सोमपाल कामीलाई अर्को ईतिहास रच्न फेरी अवसर मिलेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?