Logo

फेडेरर र वावरिन्का प्रिक्वाटरफाइनलमा,निसिकोरी बाहिरिए

ई-खेलकुद २०७६ भदौ १४ , शनिबार ०८:०८ मा प्रकाशित

एजेन्सी । स्विस रोजर फेडेरर र स्टेनस लस वावरिन्का तथा बेल्जियमका डेभिड गोफिन युएस ओपन टेनिसको प्रिक्वाटरफाइनलमा प्रबेश गरेका छन् । तेस्रो चरणको खेलमा फेडेररले बेलायतका डानियल ईभान्सलाई सोझो सेटले पाखा लगाए । ६–२, ६–२ र ६–१ को सहज जितसंगै फेडेररले अन्तिम १६ को यात्रा तय गरेका हुन् । वावरिन्काले ईटालीका पाउलो लोरेन्जीमाथी ३–० को संर्घषपुर्ण जित निकाले । पहिलो सेटमा ६–४ को जित निकालेका वावरिन्काले त्यसपछिका सेटमा ७–६ र ७–६ को जित हात पारेका हुन् ।
गोफिनले स्पेनी कारेनो बुष्टालाई सोझोसेटले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । जापानी केई निसिकोरी भने अष्ट्रेलियन एलेक्स डि मिनाउरसंग ३–१ को सेटले पराजित हुदै तेस्रो चरणबाटै बाहिरिएका छन् । अन्य खेलहरुमा जित निकाल्दै बुल्गेरियन ग्रगोर दिमित्रोभ र जर्मनीका डोमेनिक कोईफरले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।
महिला एकलतर्फ जित निकाल्दै सेरेना विलियम्स, जोहाना कोन्टा, मेडिसन केईज, कारोलिना लिस्कोभा, एलिना भिटोलिना एस्लेघ बर्टि र पेट्रा मार्टिकले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?