Logo

फेडेरर र निसिकोरी युएस ओपन टेनिसको तेस्रो चरणमा

ई-खेलकुद २०७६ भदौ १२ , बिहीबार ०८:०८ मा प्रकाशित

एजेन्सी । स्विस रोजर फेडेरर र जापानी केई निसिकोरी युएस ओपन टेनिसको तेस्रो चरणमा प्रबेश गरेका छन् । दोस्रो चरणको खेलमा फेडेररले बोस्निया हर्ज गोभिनाका दामिर जुम्हुरलाई ३–१ को सेटले हराउदै तेस्रो चरणमा स्थान बनाएका हुन् । पहिलो सेट ३–६ ले गुमाएपनि त्यसपछिका सेटमा ६–२, ६–३, र ६–४ को जित निकाल्दै फेडेररले अघिल्लो चरणमा स्थान सुरक्षित गरे ।
निसिकोरीले अमेरिकी ब्रेडली कल्हानलाई ३–१ को सेले पाखा लगाए । सुरुवाती सेटमा ६–२ को जित निकालेका निसिकोरीले दोस्रो सेट ४–६ ले गुमाएका थिए । त्यसपछि ६–३ र ७–५ को जित निकाल्दै निसिकोरी अन्तिम ३२ प्रबेश गरेका हुन् ।
बुल्गेरियन ग्रीगोर दिमित्रोभले पनि अघिल्लो चरणमा स्थान बनाएका छन् । क्रोएसियन प्रतिद्धन्दी बोर्ना कोरिक उपस्थित नभएपछि उनी बिजयी बनेका हुन् ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै अमेरिकी मेडिसन केईज, युक्रेनी एलिना भित्तोलिना र चेक रिपब्लिककी कारोलिना लिस्कोभाले तेस्रो चरणमा स्थान बनाएका हुन् । केईजले चीनकी इभान झुलाई सोझो सेटले हराईन । भित्तोलिनाले अमेरिकी भेनस विलियम्सलाई सोझो सेटले स्तब्ध पारिन् । जर्जियाकी मारियम बोल्का भाड्जलाई सोझो सेटले हराउदै लिस्कोभाले तेस्रो चरणको यात्रा तय गरिकी हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?