Logo

फेडेरर र जोकोभिच क्वार्टरफाईनलमा

ई-खेलकुद २०७८ असार २२ , मंगलबार ०७:०७ मा प्रकाशित

एजेन्सी । शीर्ष वरियताका सर्बियन नोभाक जोकोभिच र आठ पल्टका च्याम्पियन रोजर फेडेरर विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रबेश गरेका छन् ।
अन्तिम १६ को प्रतिस्पर्धामा जोकोभिचले चिलीका क्रिस्टियन गरिनलाई सोझो सेटले हराए । पहिलो सेटमा ६–२ को जित निकालेका जोकोभिचले त्यसपछिका सेटमा ६–४ र ६–२ को जित निकाले ।
जोकोभिच २० औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छन् । फेडेरर र राफेल नाडालले समान २० ग्रान्ड स्लाम जितेका छन् ।
३४ बर्षिय किर्तिमानी खेलाडी फेडेररले इटालीका लारेन्जो सोनेगोलाई सोझो सेटले पाखा लगाए । पहिलो सेटमा ७–५ को संर्घषपुर्ण जित निकालेका फेडेररले त्यसपछिका सेटमा ६–४ र ६–२ को जित निकाले ।
अन्य खेलहरुमा जित निकाल्दै ईटालीका मेटेयो बेरेटिनी, रसीयन कारेन खाचानोव र क्यानेडियन फेलिक्स आँगरले क्वार्टरफाईनल यात्रा तय गरेका छन् ।
जर्मनीका अलेक्जेण्डर जेभरेभ र स्पेनी बाउटिस्टा एगुईट अन्तिम १६ को स्पर्धाबाटै बाहिरिएका छन् ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै एंगेलिक केरवर, अष्ट्रेलियाकी एस्लेघ बार्टी,चेक रिपब्लिककी कारोलिना मुचोभा र कारोलिना लिस्कोभाले क्वार्टरफाईनल यात्रा तय गरेका छन् ।
अमेरिकी मेडिसन केईज र कोरी गौफ तथा पोल्याण्डकी ईगा स्वाटेक भने अन्तिम १६ बाटै बाहिरिएका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?