Logo

फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने

ई-खेलकुद २०७७ पुस १३ , सोमबार ०३:१२ मा प्रकाशित

एजेन्सी । स्विस रोजर फेडेररले बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन नखेल्ने भएका छन् । खुट्टामा चोट बोकेका फेडेररले सोहि कारण अष्ट्रेलियन ओपन गुमाउने भएका हुन् । फेब्रुअरी ८ बाट सुरु हुने प्रतियोगीताका लागि उनले नखेल्ने जनाएका हुन् । चोटका कारणआगामी बर्ष खेल्ने प्रतियोगीताको तालिका निर्माण गरिरहेका फेडेररले त्यसपछिका प्रतियोगीतामा भने आफ्नो सहभागीता रहने संकेत गरेका छन् । सल्यक्रियापछि उनी हाल युएईमा सामान्य अभ्यास गरिरहेका छन् ।
अष्ट्रेलियन ओपनको ६ पटकका विजेता समेत रहेका फेडेररले हालसम्म २० ग्राण्डस्लाम जितिसकेका छन् ।

अष्ट्रेलियन ओपन फेडेरर

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?