Logo

फुल्ह्यामबिरुद्ध चेल्सीको जित

ई-खेलकुद २०७८ वैशाख १९ , आईतबार ०७:०५ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा चेल्सी, ब्राईटन एण्ड होभ एलिबयन र एष्टनभिल्ला विजयी भएका छन् । फुल्ह्यामलाई २–० ले हराउदै चेल्सी चौथो स्थानमा बलियो बनेको हो । यो हारले फुल्ह्यामलाई रेलिगेशनमा पार्ने संभावना बढाएको छ । चेल्सीलाई जिताउन दुबै गोल केई हाभर्टजले गरे । १० औ मिनेटमा पहिलो गोल गरेका उनले ४९ औ मिनेटमा अर्को गोल थपेका थिए । ३४ खेलबाट ६१ अंकसहित चेल्सी चौथो स्थानमा कायम छ । लिड्स युनाईटेडलाई समान २–० गोलअन्तरले हराएको ब्राईटन ३७ अंकमा १४ औ स्थानमा उक्लिएको छ । एष्टन भिल्लाले एभर्टनलाई २–१ गोल अन्तरले स्तब्ध पार्यो । यो जितले एष्टनभिल्लालाई ४८ अंकसहित तालिकाको नवौ स्थानमा पुर्याएको छ ।
प्रिमियर लिगमा म्यानचेष्टर सिटी उपाधि नजिक पुगेको छ । ३४ औ चरणको खेलमा सिटीले क्रिष्टल प्यालेसलाई २–० ले हराउदै उपाधियात्रा सहज बनाएको हो । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड आजको खेलमा लिभरपुलसंग पराजित भए सिटीले ४ खेल अगावै उपाधि हात पार्नेछ ।

चेल्सी प्रिमियर लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?