Logo

फुटबल टोली स्वदेश फर्कियो

ई-खेलकुद २०७७ मंसीर ४ , बिहीबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशसंगको २ वटा मैत्रीपुर्ण खेल खेली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । २५ खेलाडी र ११ अफिसियल गरी ३६ जनाको टोली मध्ये १ जना अफिसियलबाहेक टोलीका बाँकि सदस्य आज स्वदेश फर्किएका हुन् । कोरोना सक्रमण पुष्टि भएपछि टोलीका ब्यवस्थापक मधुसुधन उपाध्यय भने ढाकामै आईसोलेसनमा बसेका छन् । टोलीलाई एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गर्नुभयो । ७ महिनापछि मैदान उत्रिएको नेपाली टोलीले पहिलो मैत्रीपुर्ण खेलमा २–० को हार भोगेको थियो । दोस्रो खेलमा भने गोलरहित बराबरीको नतिजा निकालेको थियो ।
मैत्रीपुर्ण खेलमार्फत नेपालका ६ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । विकास खवास, एरिक बिष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङदेम्बेले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
टोलीलाई ललितपुरको सातदोबाटोस्थित एन्फा होस्टेलमा राखिनेछ ।
विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले यसै महिना भित्र घरेलु मैदानमा अर्को मैत्रीपुर्ण खेल खेल्ने तयारी गरिरहेको छ ।

फुटबल टोली मैत्रीपुर्ण

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?