Logo

फुटबल टोलीका ब्यबस्थापक उपाध्ययलाई कोरोना

ई-खेलकुद २०७७ मंसीर ३ , बुधबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई कोरोना संक्रमण पुष्टि भएको छ । मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय टोलीसंगै बंगलादेशमा रहेका उपाध्ययलाई आज कोरोना सक्रमण पुष्टि भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले उपाध्यायलाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो ।
शेर्पाले सामाजिक सञ्जालमार्फत ढाकामा रहेका उपाध्यायलाई कोरोनाको संक्रमण भएको बताएका हुन् । उपाध्यायलाई ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा भर्ना गरिएको छ । बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय फुटबलका २५ खेलाडी र ११ अफिसियलको टोली ढाकामा रहेको छ । नेपालले घरेलु टिम बंगलादेशसँग २–० गोलले पराजित भएको थियो । यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

कोरोना व्यवस्थापक

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?