Logo

फुटबलको विश्व बरियतामा नेपाल ५ स्थान माथी उक्लियो

ई-खेलकुद २०७६ असोज २ , बिहीबार ०३:०९ मा प्रकाशित

काठमाण्डौ । फिफा वरियतामा नेपालले ५ स्थान सुधार गरेको छ । बिश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपाल ५ स्थान माथी उक्लदै १ सय ६१ औ स्थानमा आईपुगेको हो । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले नयाँ वरियता आज सार्बजनिक गरेको हो ।
दोस्रो चरणको पछिल्लो खेलमा वरियतामा माथी रहेको चाईनिज ताईपेईलाई २–० ले हराएको नेपाल पहिलो खेलमा जोर्डनसंग ७–० ले पराजित भएको थियो ।
दक्षिण एसियाको वरियतामा भारत शीर्ष स्थानमा रहदा माल्दिभ्स दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । भारत १ सय ४ औ स्थानमा रहदा माल्दिभ्स १ सय ५३ औ स्थानमा छन् । नेपालपछि भुटान भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८७, श्रीलंका २ सय २ र पाकिस्तान २ सय ३स्थानमा छन् ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?