
काठमाण्डौ । विश्व फुटबलको सर्बोच्च निकाय फिफाको पछिल्लो वरियतामा नेपाल ६ स्थान चिप्लिएको छ । फिफाले आज जारी गरेको वरियतामा नेपाल १ सय ६७ औ स्थानमा पुगेको हो । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेल जारी रहदा अवे खेलमा अष्ट्रेलिया, जोर्डन र कुवेतसंग फराकिलो हार भोगेको नेपालको वरियता पनि ६ स्थान खस्किएको हो ।
दक्षिण एसियामा भारत १ सय ६, माल्दिभ्स १ सय ५४ र बंगलादेश १ सय ८४ औ स्थानमा रहेका छन् । भारत २ स्थान तल झर्दा माल्दिभ्सको वरियता पनि एक स्थान खस्किएको छ । बंगलादेश भने २ स्थान माथी चढेको हो । भुटान १ सय ८९ , पाकिस्तान २ सय १ र श्रीलंका २ सय ३ औ स्थानमा छन् ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ ।
