
एजेन्सी । फिफा क्लब विश्वकपको खेल तालिका सार्बजनिक गरिएको छ । कतारमा आगामी फेब्रुअरी १ देखी हुने प्रतियोगीताको उद्घाटन खेलमा अल दुहैल एससी र अकल्याण्ड सिटी एफसी प्रतिस्पर्धा गर्नेछन् । यो खेल अहमद विन अली स्टेडीयममा हुनेछ । फेब्रुअरी ११ सम्म चल्ने प्रतियोगीतामा दोहाका बिभिन्न ३ रंगशालामा आयोजना हुनेछ ।
अहमद बिन अलीसंगै खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी स्टेडियममा क्लब विश्वकपका खेलहरु हुनेछन् । क्लब विश्वकपमा ६ महादेशका टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा बायर्न म्युनिख, अल अहली, उल्सान हुन्डाई, यूएएनएल, अल दुहैल र अकल्याण्ड सिटीले सहभागीता जनाउनेछन् ।
