Logo

फिफा अण्डर १७ महिला विश्वकप पनि स्थगीत

ई-खेलकुद २०७६ चैत्र २२ , शनिबार १०:०४ मा प्रकाशित

एजेन्सी । भारतमा हुने फिफा अण्डर १७ महिला विश्वकप फुटबल पनि स्थगीत भएको छ । कोभिड १९ को बढ्दो सक्रमणसंगै विश्व फुटबलको सर्बोच्च निकाय फिफाले प्रतियोगीता स्थगीत गरेको हो । उमेर समुहको महिला विश्वकप फुटबल आगामी नोभेम्बरका लागि तय गरिएको थियो । भारतका कोलकत्ता, गुवाहाटि, भुवनेश्र, अहमदावाद र मुम्बईमा हुने तय भएको प्रतियोगीताका लागि भारतले तयारी अन्तिम चरणमा पुर्याएको थियो । १६ टोलीले प्रतिस्पर्धा गर्ने अण्डर १७ महिला विश्वकपमा आयोजक भारतले पहिलो पटक खेल्न लागेको हो ।
भारतमा पनि कोरोनाको प्रकोप बढ्दो क्रममा रहेपछि फिफाले त्यसको तयारीमा असर पर्ने भन्दै ७ महिनापछिको प्रतियोगीता पनि स्थगीत गरेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?