Logo

फिफाको विश्व वरियतामा नेपालको खस्कने क्रम जारी

ई-खेलकुद २०७६ मंसीर १२ , बिहीबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । फिफाको विश्व वरियतामा नेपालको ओरालो लाग्ने क्रम जारी रहेको छ । विश्वकप छनोटमा रहेको नेपाली टोली पछिल्लो वरियतामा ३ स्थान चिप्लिदै १ सय ७० औ स्थानमा पुगेको हो ।
एसियाली वरियतामा पुरानै तेस्रो स्थानमा रहेपनि नेपाल एक बर्षको अन्तरालमा निक्कै तल पुगेको हो । दक्षिण एसियामा भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औ स्थानमा रहेका छन् ।
दक्षिण एसियाका अन्य मुलुकहरुपनि ओरोलो लाग्ने क्रममै रहेका छन् । पछिल्लो वरियता अनुसार बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय १ र श्रीलंका २ सय ५ औं स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?