Logo

फाईनल पुग्न बुटवललाई १ सय ६६ रनको लक्ष्य, सुनिल धमलाको अर्धशतक

ई-खेलकुद २०७६ पुस १० , बिहीबार ०२:१२ मा प्रकाशित

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको फाईनल प्रबेशका लागि विराटनगर टाईटन्सले बुटवल ब्लास्टर्ससामु १ सय ६६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेको बुटवलले फिल्डिड़ रोजेपछि ब्याटिड़मा उत्रिएको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रनको योगफल तयार पारेको हो ।
सुनिल धमलाले सर्बाधिक ६१ रन बनाएको विराटनगरको ईनिङसमा कप्तान प्रदिप ऐरीले अबिजित ३३ रन जोडे ।
महम्मद जाईद आलमले २० तथा पुनित मेहेरा र लोकेश बमले समान १९ रन बनाए ।
बुटवलका हर्ष टंकले २ तथा ललित भण्डारी र अबिनाश बोहोराले समान १ विकेट लिए । आजको विजेताले उपाधिका लागि शनिबार चितवन राईनोजको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?