Logo

फाईनल पुग्न एपीएफले पुलिसलाई दियो २ सय ४ रनको चुनौती

ई-खेलकुद २०७७ माघ १४ , बुधबार १२:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीताको पहिलो सेमिफाईनलमा नेपाल एपीएफले पुलिससामु २ सय ४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको पुलिसले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ३ रनको सामान्य योगफल तयार पारेको हो ।
उसको ईनिङसमा शंकर रानाले सर्बाधिक ४४ रन बनाए । भुवन कार्कीले ४२, सन्दिप जोराले ३४ र कमलसिंह ऐरी र सुवास खकुरेलले समान १९ रन बनाए । कप्तान शरद भेषावकरले १८ रन जोडे । माथिल्लो क्रमका ब्याट्सम्यान चल्न नसक्दा एपीएफ सामान्य स्कोरमा समेटिएको हो ।
पुलिसका आरिफ शेखले ३ तथा ललितनारायण राजवंशी र दिपेन्द्रसिंह ऐरीले समान २ तथा सागर ढकाल र रासिद खानले समान एक विकेट लिए ।
आजको विजेताले भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा भोली त्रिभुवन आर्मी र बाग्मती प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।
प्रधानमन्त्री कपको विजेताले १० तथा उपविजेता टोलीले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।

एपीएफ प्रधानमन्त्री कप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?