Logo

फाइनल सरहको खेलमा नेपाल र युएई भिड्दै

ई-खेलकुद २०७८ मंसीर १२ , आईतबार १२:११ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसीयाली छनोटमा नेपालले आज आयोजक युएईसँग खेल्दैछ । उपाधिका लागि महत्वपूर्ण मानिएको खेल दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट जितसँगै उपाधि उचाल्ने योजनामा हुनेछ । एसीयाली छनोटको उपाधि जित्ने टोलीले महिला विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ । जारी प्रतियोगीतामा अपराजित रहेको युएईलाई १० रन वा उसले दिएको लक्ष्य १७ ओभर अगावै पुरा गर्न सके मात्र नेपाल च्याम्पियन बन्नेछ । त्यसभन्दा सानो जितले युएईलाई नै फाइदा पुग्नेछ ।

नेपालसँग समान ६ अंकभएपनि नेटरनरेटमा पछि रहेको हङकङले कमजोर टोली कुवेतविरुद्ध आजै प्रतिस्पर्धा गर्दैछ । सो खेलमा उसले फराकिलो अन्तरको जित निकाल्दै रनरेटमा सुधार गरेर उछिन्ने संभावना पनि रहेकाले नेपाललाई पनि फराकिलो अन्तरको जित आवश्यक छ ।

२ बर्ष अघि भएका दुबै भेटमा सहज जित निकालेको नेपाल युएईविरुद्ध आफ्नो सोहि लय कायम राख्ने योजनामा छ । घरेलु मैदानमा अपराजित रहेको युएईपनि जारी प्रतियोगीतामा उच्च मनोबलमा रहेकाले आजको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

जारी प्रतियोगीताबाट ग्लोबल क्वालिफायरमा पुग्न नसके पनि नेपालको त्यहाँ पुग्ने संभावना भने जिवितै रहेको छ । पुवी एसीया प्यासिफिक छनोट रद्ध भएकाले वरीयतामा रहेका शीर्ष २ टोलीले छनोट खेल्न पाउने संभावना बलियो छ । यसमा १६ औ वरीयतामा रहेको नेपाल मुख्य दाबेदारका रुपमा रहनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?