Logo

फाइनल पुग्न नेपाललाई १ अंक पर्याप्त,भारतलाई भने जित्नै पर्ने दबाव

ई-खेलकुद २०७८ पुस ३ , शनिबार ०४:१२ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा जारी १९ बर्ष मुनीको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल पुग्ने दुबै टोलीको टुंगो भोली लाग्दैछ । समूहचरणको भोली हुने अन्तिम २ खेलले उपाधिका लागि खेल्ने २ टोलीको टुंगो लाग्नेछ । फाइनल प्रबेशमा नेपाल, भारत र आयोजक बंगलादेश रहेका छन् । भुटान र श्रीलंका भने उपाधि होडबाट बाहिरिसकेका छन् । भोलीको पहिलो खेलमा नेपाली समयानुसार दिउँसो पौने ३ बजे नेपाल र भारत प्रतिस्पर्धामा उत्रनेछन् । दोस्रो खेल राती पौने ७ बजे श्रीलंका र बंगलादेशकाबीच हुनेछ ।
भारतविरुद्व मैदान उत्रदा नेपाल कम्तीमा बराबरीको नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । नेपाललाई फाइनल पुग्न मात्र एक अंक आवश्यक छ भने भारतलाई नेपालविरुद्व जित्नै पर्ने दबाव छ । भारतलाई बराबरीमा मात्र रोक्न सके नेपाल कम्तीमा समूह उपविजेता बन्नेछ ।
बंगलादेशले कमजोर टोली श्रीलंकासँग खेल्ने भएकाले उसको फाइनल पुग्ने संभावना बलियो छ । यसअघिका सबै खेलहरुमा अपराजित रहेको घरेलु टोलीले नेपालसँग गोलरहित बराबरी खेलेको थियो । बाँकी सबै खेलमा उसले जित निकालेको थियो । बलियो टोली भारतलाई १–० ले हराएको बंगलादेश श्रीलंकाविरुद्व उच्च मनोबलका साथ मैदान उत्रनेछ । अन्तिम चरणका खेल अघि नेपाल ७ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदा समान अंकसहित बंगलादेश दोस्रो र ६ अंकसहित भारत तेस्रो स्थानमा छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?