Logo

प्रिमियर लिग फुटलमा आर्सनल र टटनह्यामले बराबरी खेले

ई-खेलकुद २०७६ भदौ १६ , सोमबार ०७:०९ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल र टटनह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा पहिलो हाफ २–१ ले पछि परेको अबस्था उल्टाउदै आर्सनलले अंक खोसेको थियो । खेलको १० औ मिनेटमा क्रिष्टियन ईरिक्सनको गोलबाट अग्रता बनाएको टटनह्यामले ४० औ मिनेटमा अग्रता दोब्बर पारेको थियो । हेरी केनले पेनाल्टिमार्फत गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याएका थिए । पहिलो हाफको अन्तिम समयमा अलेक्जेण्डर लाकाजेटले गोल गर्दै आर्सनलको अन्तर घटाएका थिए ।

५५ प्रतिशत बल पोजिशनको खेलमा आर्सनलले ७१ औ मिनेटमा बराबरी गोल फर्काएको थियो । पिरे एमेरिक आबुमियाङले गोल गर्दै टोलीको हार टारेका थिए । अघिल्लो खेलमा हार भोगेको आर्सनल यो बराबरीसंग ७ अंकमा तालिकाको पाचौ स्थानमा छ । टटनह्यामको भने ४ खेलबाट मात्र ५ अंक भएको छ ।
अर्को खेलमा एभर्टनले वोल्भरहेम्प्टनलाई ३–२ ले स्तब्ध पार्यो । जारी सिजन एभर्टनको यो दोस्रो जित हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?