Logo

प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुललाई ८ अंकको अग्रता

ई-खेलकुद २०७६ कात्तिक २५ , सोमबार ०७:११ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रालाई १२ औ चरणमा पनि निरन्तरता दिएको छ । पछिल्लो खेलमा गएराती म्यानचेष्टर सिटिलाई ३–१ ले हराउलै लिभरपुलले उपाधि यात्रा बलियो बनाएको हो । यो जितसंगै उसले लेष्टर सिटि र चेल्सीसंगको दुरी ८ अंकमा पुर्याएको छ । उसको जितमा फाबियानो, महम्मद सलाह र सादियो मानेले एक एक गोल गरे । सिटिका बर्नाण्डो सिल्भाले सान्त्वना गोल फर्काए । पहिलो हाफमा २–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा १ गोल थप्दै गोल पनि खाएको थियो । १२ खेलबाट ३४ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा जमेर बसेको छ ।
गएरातीनै म्यानचेष्टर युनाईटेडले ब्राईटन एण्ड होभ एल्बियनलाई ३–१ ले स्तब्ध पार्यो । आन्द्रेस पेरेईरा र मार्कोस रासफोर्टले एक एक गोल गरेको खेलमा अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । यो जितले युनाईटेडलाई तालिकाको सातौ स्थानमा पुर्याएको छ । १२ खेलबाट उसको १६ अंक भएको छ ।
अर्को खेलमा वोल्भरहेम्प्टनले एष्टन भिल्लालाई २–१ ले हरायो । यो जितले वोल्भरलाई १६ अंकमा तालिकाको आठौ स्थानमा पुर्याएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?