Logo

प्रिमियर लिग फुटबलमा लेष्टर सिटि तेस्रो स्थानमा उक्लियो

ई-खेलकुद २०७६ कात्तिक १८ , सोमबार ०६:११ मा प्रकाशित

एजेन्सी । लेष्टर सिटि प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा गएराती क्रिष्टल प्यालेसलाई २–० ले हराउदै लेष्टरले समान अंक भएको चेल्सीलाई पछि पारेको हो । ५६ प्रतिशत बल पोजीशनको खेलमा लेष्टरले काग्लर सोयुन्कुको गोलबाट ५७ औ मिनेटमा अग्रता बनाएको थियो । ८८ औ मिनेटमा जेमी भर्डीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । ११ खेलबाट २३ अंक जोडेको लेष्टर दोस्रो स्थानको म्यानचेष्टर सिटि भन्दा २ अंकले पछि रहेको छ । गएरातीनै एभर्टन र टटनह्यामले एक एकको बराबरी खेल्दै अंक बा“डेका छन् । डेल अलीले ६३ औ मिनेटमा टोलीलाई अग्रता दिलाएपनि ईन्ज्युरी समयमा सम्हालिन नसक्दा एभर्टनले गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । सेन्क तोसुनले ईन्ज्युरी समयमा गोल गर्दै एभर्टनको हार टारेका थिए । खेलको ७९ औ मिनेटमा सन ह्युङ मिन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय टटनह्याम १० खेलाडीमा सिमित बनेको थियो ।
बराबरीका बावजुत टटनह्याम १३ अंकका साथ तालिकाको ११ औ स्थानमा उक्लिएको छ । एभर्टन भने ११ अंकमा १७ औ स्थानमा यथावत छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?