Logo

प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा जारी, चेल्सी पराजित

ई-खेलकुद २०७६ मंसीर २९ , आईतबार ०८:१२ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रालाई १७ औ चरणमा पनि कायम राखेको छ । पछिल्लो खेलमा वाटफोर्टलाई २–० ले हराउदै लिभरपुलले उपाधि यात्रा बलियो बनाएको हो । उसको जितमा दुबै गोल महम्मद सलाहले गरे । ३८ र ९० औ मिनेटमा गोल गर्दै उनले टोलीलाई महत्वपुर्ण जित दिलाए । १७ खेलबाट ४९ अंक जोडेको लिभरपुल दोस्रो स्थानको लेष्टर सिटि भन्दा १० अंकले अगाडी छ ।
गएराती नै लेष्टर सिटि नर्बिचसंग एक एकको बराबरीमा रोकिएको थियो । नर्बिचले २६ औ मिनेटमा बनाएको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो । ३८ औ मिनेटमा उपहार गोलबाट लेष्टर बराबरीमा पुगेको थियो । त्यसपछि दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।
वेष्टह्यामले साउथ हेम्प्टनलाई तथा बर्नलीले न्यु क्यासल युनाईटेडलाई समान १–० ले स्तब्ध पारे । चेल्सी भने बर्नमाउथसंग १–० ले नै स्तब्ध भएको छ । एष्टन भिल्लालाई २–० ले हराएको सिफिल्ड युनाईटेड २५ अंकमा तालिकाको पाचौ स्थानमा उक्लिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?