Logo

प्रिमियर लिग फुटबलमा लिभरपुललाई ११ अंकको अग्रता

ई-खेलकुद २०७६ मंसीर २२ , आईतबार ०९:१२ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको लेष्टर सिटिसंगको दुरी ११ ले बढाएको छ । जारी सिजन आफ्नो अपराजित यात्रा जारी राखेको लिभरपुलले १६ औ चरणको खेलमा गएराती बर्नमाउथलाई ३–० ले हराउदै ४६ अंकका साथ उपाधि होड बलियो बनाएको हो । पहिलो हाफमा २–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा १ गोल गर्दै जित हात पारेको हो । उसको जितमा ओक्लाडे चाम्बर्लिन, नाबि केईता र महम्मद सालेहले एक एक गोल गरे । एकपक्षिय खेलमा ७४ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको लिभरपुलका थप दर्जन आक्रमण भने विफल भए ।
गएरातीनै भएको म्यानचेष्टर डर्बीको खेलमा म्यानचेष्टर युनाईटेडले सिटिलाई २–१ ले स्तब्ध पार्यो । पहिलो हाफमै २ गोल गरेको युनाईटेडले दोस्रो हाफमा १ गोल खाएको थियो । उसको जितमा मार्कोस रासफोर्ड र एन्थोनी मार्टिएलले एक एक गोल गरे । सिटिका निकोलस ओटामेन्डीले सान्त्वना गोल फर्काए । यो जितले म्यान युनाईटेडलाई तालिकाको पाँचौ स्थानमा पुर्याएको छ ।
बर्नलीबिरुद्ध ५–० को फराकिलो जित निकालेको टटनह्याम तालिकाको छैठौ स्थानमा उक्लिएको छ । हेरी केनले २ तथा लुकास मौरा, सन ह्युङ मिन र मौसा सिसौकोले एक एक गोल गर्दै टोलीलाई शानदार जित दिलाए । १६ खेलबाट उसको २३ अंक भएको छ ।
गएारतीका अन्य खेलहरुमा एभर्टनले चेल्सीलाई ३–१ ले स्तब्ध पार्यो । बाटफोर्ट र क्रिष्टल प्यालेसले भने गोलरहित बराबरी खेल्दै अंक बा“डेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?