Logo

प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड वोल्भरहेम्प्टनसंग बराबरीमा रोकियो

ई-खेलकुद २०७६ भदौ ३ , मंगलबार ०७:०८ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर युनाईटेड र वोल्भरहेम्प्टनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । वोल्भरको घरेलु मैदानमा खेलको २७ औ मिनेटमा एन्थोनी मार्टिएलको गोलबाट अग्रता बनाएको युनाईटेडले ५५ औ मिनेटमा गोल खाएको थियो ।

रुबेन निभेशले गोल गर्दै वोल्भरलाई बराबरीमा पुर्याएका थिए । ६५ प्रतिशत बल पोजिशनको खेलमा युनाईटेडले पाएको पेनाल्टिको अवसर खेल फाल्दा बराबरीको नतिजामा चिक्त बुझाएको हो । पउल पोग्वाको प्रहार वोल्भरका गोलरक्षकले रोकेका थिए ।
पहिलो खेलमा जित निकालेको म्यान युनाईटेडको यो बराबरीसंगै ४ अंक भएको छ । वोल्भरको भने यो दोस्रो बराबरी हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?