Logo

प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटिद्धारा लेष्टर पराजित

ई-खेलकुद २०७६ पुस ६ , आईतबार ०७:१२ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा म्यानचेष्टर सिटि, साउथ हेम्प्टन, वोल्भर हेम्प्टन र बर्नली विजयी भएका छन् । आर्सनल भने एभर्टनसंग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो स्थानको लेष्टर सिटिलाई ३–१ ले हराउदै म्यानचेष्टर सिटिले शीर्ष टोलीमाथी दबाव बनाएको हो । खेलको २२ औ मिनेटमै १–० ले पछि परेको अवस्था उल्टाउदै म्यान सिटिले पुनरागमन जित हात पारेको हो । जेमी भर्डीले लेष्टरलाई अग्रता दिलाएका थिए । रियाद महारेजले ३० औ मिनेटमा बराबरी गोल गरेका थिए । ४३ औ मिनेटमा ईल्के गुण्डोगानले पेनाल्टिमार्फत गोल गर्दै म्यानचेष्टर सिटिलाई २–१ को अवस्थामा पुर्याएका थिए । खेलको ६९ औ मिनेटमा ग्राबियल जिससले गोल गरेपछि म्यान सिटि सहज जित निकाल्न सफल बन्यो । १८ खेलबाट ३८ अंक जोडेको म्यानचेष्टर सिटि तालिकाको तेस्रो स्थानमा यथावत छ । समान खेलबाट लेष्टर ३९ अंकमा तालिकाको दोस्रो स्थानमा छ ।
गएरातीनै साउथ हेम्प्टनले एष्टन भिल्लालाई ३–१ ले हरायो । यो जितले उसलाई रेलिगेशन जोनबाट माथी निकालेको छ । एष्टन भिल्ला भने रेलिगेशन जोनमा धकेलिएको छ । अन्य खेलहरुमा बर्नलीले बर्नमाउथलाई, सिफिल्ड युनाईटेडले ब्राईटन एण्ड होभ एल्बियनलाई तथा न्यु क्यासल युनाईटेडले क्रिष्टल प्यालेसलाई समान १–० ले स्तब्ध पारे । नर्बिच वोल्भरहेम्प्टनसंग २–१ ले पराजित हुदा एभर्टनले आर्सनललाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको छ ।
पछिल्ला खेलपछि सिफिल्ड युनाईटेड तालिकाको पाँचौ, वोल्भरहेम्प्टन छैठौ र न्यु क्यासल युनाईटेड नवौ स्थानमा उक्लिएको छ । २४ अंक जोडेको बर्नली तालिकाको १० औ स्थानमा उक्लिएको छ । आर्सनल ११ औ स्थानमा रहदा एभर्टन तालिकाको १५ औ स्थानमा उक्लिएको छ । १८ औ चरणका खेलहरु जारी रहदा सिजनको एक मात्र अपराजित टोली लिभरपुल ४९ अंकमा तालिको शीर्ष स्थानमा जमेर बसेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?