
एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर युनाईटेड र आर्सनलले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा म्यान युनाईटेडले लण्डन क्लबसंग बराबरीको नतिजा हात पारेको हो । ४५ औ मिनेटमा स्काट म्याक टोमिनेको गोलबाट अग्रता बनाएको युनाईटेडले दोस्रो हाफमा गोल खाएको थियो । पिरे एमेरिक आबुमियाङले ५८ औ मिनेटमा गोल गर्दै आर्सनललाई बराबरीमा पुर्याए । ५५ प्रतिशत बल पोजिशनको खेलमा म्यान युनाईटेडले पाएका अबसरको सदुपयोग गर्न सकेन् । बल पोजिशनमा पछि परेपनि आर्सनलले युनाईटेडको पोष्टमा लगातार आक्रमण गरेको थियो ।
बराबरीसंगै आर्सनल तालिकाको चौथो स्थानमा उक्लिएको छ । ७ खेलबाट ९ अंक जोडेको युनाईटेड एक स्थान माथी चढ्दै १० औ स्थानमा पुगेको छ ।
