Logo

प्रिमियर लिग फुटबलमा म्यानेष्टर सिटिले बर्नमाउथलाई हरायो

ई-खेलकुद २०७६ भदौ ९ , सोमबार ०६:०८ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुबटलको पछिल्लो खेलमा म्यानचेष्टर सिटि र न्यु क्यासल युनाईटेड बिजयी भएका छन् । साविक विजेता सिटिले बर्नमाउथलाई ३–१ ले हराउदा, न्यु क्यासल युनाईटेडले बलियो टोली टटनह्यामलाई १–० ले स्तब्ध पार्यो । बर्नमाउथको घरेलु मैदानमा सिटिलाई जिताउन सर्जियो अगुईरोले २ तथा राहिम स्र्टलिङले एक गोल गरे । खेलमा सिटिले ७४ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि पाएका अन्य अवसर भने खेर फालेको थियो । बलमाथी पकड जमाउन नसकेपनि बर्नमाउथले सिटिको पोष्टमा आधा दर्जन आक्रमण गरेको थियो ।
बलियो टोली टटनह्यामलाई हराउने क्रममा न्यु क्यासल युनाईटेडका जोए लिङटोनले २७ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । मात्र २० प्रतिशत बल पोजिशनको खेलमा न्यु क्यासलले सनसनीपुर्ण जित निकालेको हो ।
गएराती नै बर्नली र वोल्भरहेम्प्टनबिचको खेल भने एक एकको बराबरीमा सकिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?