Logo

प्रिमियर लिग फुटबलमा बर्नमाउथले म्यानचेष्टर युनाईटेडलाई हरायो

ई-खेलकुद २०७६ कात्तिक १६ , शनिबार ०८:११ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा म्यानचेष्टर युनाईटेड बर्नमाउथसंग पराजित भएको छ । आज भएको खेलमा युनाईटेडलाई बर्नमाउथले १–० ले हराएको हो । घरेलु मैदानमा बर्नमाउथलाई जिताउन खेलको ४५ औ मिनेटमा जोसुवा किंगले निर्णायक गोल गरे ।
खेलमा ५८ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेपनि युनाईटेडले पाएका अवसरको सदुपयोग गर्न सकेन् । उसका आधा दर्जन अवसर खेल गएका थिए । सिजनको चौथो जितसंगै बर्नमाउथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ११ खेलबाट उसको १६ र समान खेलबाट युनाईटेडको १३ अंक छ ।
प्रिमियर लिगमा आज राती आर्सनल र वोल्भरहेम्प्टन, एष्टन भिल्ला र लिभरपुल, ब्राईटन एण्ड होभ एल्बियन र नर्विच, म्यानचेष्टर सिटि र साउथहेम्प्टन, वर्नली र सिफिल्ड युनाईटेड, वेष्टह्याम र न्युक्यासल युनाईटेड तथा चेल्सी र वाटफोर्टबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?